जनकपुरमा आजदेखि फिटनेस क्लब सञ्चालनमा



जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आज ९शनिबार० देखि फिटनेस जिम क्लब सञ्चालनमा ल्याइएको छ ।

स्थानीय युवा राकेश यादवले स्थापना गरेको प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लबको आज प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले रिवन काटेर उदघाटन गरेका हुन् ।

जिम क्लबको उदघाटन गर्दै मन्त्री यादवले अहिलेको युगमा रोगहरु लाग्न नदिन र शारिरिक तन्दुरुस्तीका लागि वैज्ञानिक मापदण्ड अनुसारको फिटनेस सेन्टर सञ्चालनमा ल्याएकोले क्लबका सञ्चालक यादवलाई धन्यवाद दिएका थिए । उनले भने,‘अहिलेको समयमा खेलाडी, कलाकार, कर्मचारी लगायत बसै वर्गलाई शारिरीक तन्दुरुस्ती आवश्यक छ । प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लब सञ्चालन गरेर राकेशले मेरो सपना समेत पुरा गरेका छन् ।’

युवाहरुलाई जिम सेन्टरमा व्यस्त बनाएर विकृति र कुलतमा लाग्नबाट बचाउनका लागि जिम सेन्टर स्थापना गरिएको सञ्चालक यादवले बताए । जिम सेन्टर दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म खुल्ने छ ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्