फ्रेन्च लिग वान फुटबल : पीएसजी र बोर्डुअक्स भिड्दै



काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोर्डुअक्सबीच प्रतिस्पर्धा हुने भएको छ। पीएसजी र बोर्डुअक्सबीचको खेल नेपाली समय अनुसार राति १: ४५ बजे सुरु हुनेछ ।

पीएसजी ११ खेलमा २४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने बोर्डुअक्स १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । फ्रेन्च लिग अन्तर्गत आजै हुने अर्को खेलमा मार्सेलीले नान्टेससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्