थप १३८० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौंं : पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताएको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्