कैलालीका ७४ सहित सुदूरपश्चिममा ८२ जना कोरोना संक्रमित थपिए



धनगढी : कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नं.५ का ५ जना, वडा नं.२ का २ जना, त्यस्तै वडा नं.३ का ८, १४ र वडा नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

कैलालीको टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३-३ जना, यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २-२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १-१ जनामा कोराना पुष्टि भएको छ ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १-१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्