प्रदेश नं १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण



काठमाडौं : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति संक्रमण देखिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनले स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्