कंगना रनौतको पक्षमा उच्च अदालतको फैसला



नयाँदिल्ली : मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौतको पक्षमा निर्णय गरेको छ ।

अदालतले रनौतको बंगलाको भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेश रद्द गरेको हो ।
उक्त आदेश दुर्भावनाबाट प्रेरित भएको र अभिनेत्रीलाई नोक्सान पुर्याउने उद्देश्य रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बीएमसीले घरको केही भाग गैरकानूनी हिसाबले बनाइएको आरोप लगाएपछि भत्काउने आदेश दिएको थियो । कंगनाले उक्त आदेशलाई चुनौती दिँदै अदालतमा याचना पत्र बुझाएकी थिइन् ।

महानगरपालिकाले गत सेप्टेम्बर ९ मा पाली हिल्स इलाकामा रहेको कंगनाको बंगलाको एक भागमा डोजर चलाएको थियो । घटनामाथि फैसला सुनाउँदै दुई न्यायाधीशले भने-उक्त कारवाही अनाधिकृत थियो ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्