धनगढी : किशोरीमाथि सामूहिक बलात्कार गर्ने कैलालीका ६ जना कारागार चलान भएका छन् ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
गत कार्तिक ८ गते किशोरीमाथि सामूहिक बलात्कार भएको अभियोगमा पक्राउ परेका सोहि गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारी अनुसार बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ । ६ जना पुर्पक्षका लागि कारागार चलान गरिएको २ जना बाल सुधार गृह पठाइएको र सोहि घटनामा संलग्न भई फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी छ ।
प्रकाशित : १३ मंसिर, २०७७