ओली–प्रचण्ड आरोप प्रत्यारोपमा बाबुरामको इन्ट्री



काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा पेस गरेको जवाफी प्रस्तावमा अहंकार प्रष्टै झल्किएको बताएका छन् ।

ओलीको ५३ बुँदे दस्ताबेज अध्ययनपछि सामाजिक संजाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै ओली आफूबाट कहिल्यै कुनै गल्ती,कमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्किएको बताए ।

ओली र प्रचण्डबीच भइरहेको आरोप प्रत्यारोपमा भट्टराईको अस्वभाविक इन्ट्री देखिन्छ । नेकपा विवादमा पूर्वसहकर्मी प्रचण्डको पक्षमा भट्टराई खुलेर लागेको पाइन्छ । यसकै निरन्तरतामा उनले अब अरूको निम्ति यो प्रवृत्तिविरुद्ध निर्णायक संघर्ष गर्न प्रचण्डलाई सुझाएका छन् । नत्र आत्मसमर्पण गर्नेभन्दा अर्को विकल्प नभएको नेता भट्टराई ठम्याइ छ ।

‘ओलीको ५३-बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफूबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो, ‘उनले लेखेका छन्, ‘अब अरूको निम्ति यो प्रवृत्तिविरुद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्नेभन्दा अर्को विकल्प देखिएन है ।’

गत २८ कात्तिकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावको काउन्टरमा शनिबारको सचिवालय बैठकमा ओली प्रस्ताव पेस गरेका हुन् । प्रचण्डले ओलीको प्रस्ताव दम्भी र अहंकारले भरिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्