१३ औँ सागको हिसाब राखेपले आज सार्वजनिक गर्दै



काठमाडौं : गत वर्ष सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुदको हिसाब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । परिषद्ले आज दिउँसो १ बजे सागको हिसाब सार्वजनिक गर्ने जनाएको हो ।

साग सकिएको तीन महिनाभित्र सागको हिसाव सार्वजनिक गर्ने दाबी गरेको परिषद्ले एक वर्षपछि आज हिसाब सार्वजनिक गर्न लागेको हो ।

साग पछि खेलकुद विकास ऐन आएपछि केही समय राखेपमा सदस्यसचिव लगायतको पद रिक्त भएको थियो । र, पछि रमेश सिलवाल नै सदस्यसचिवका रुपमा मनोनित भएका थिए । दक्षिण एसियाली खेलकुद साग सफलताका साथ सम्पन्न गरेको जस लिएका सिलवाल अघिल्लो वर्ष असार महिनामा पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका थिए ।

पछिल्लो समय सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता भएको भनेर छानविन समितिले राखेपलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्