सकारात्मक सन्देशसहित नेकपा विवाद अन्त्य हुन्छ : मन्त्री पुन



काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन् ।

मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रुपमा लिन नहुने उल्लेख गरे । नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट साकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे ।

‘हाम्रो पार्टीभित्र अहिले संघर्ष उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ’ काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत गृहको शनिबार निरीक्षण भ्रमणका क्रममा जिल्लास्थित नेकपा नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले भने–‘संघर्षलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ ।’ उनले नेताहरुबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे ।

सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट गरे । मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे । यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नेपर्ने उनको भनाई थियो ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफ्नो कदमलाई संवैधानिक दावी गर्दै

काठमाडौं : विश्वमा कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा