श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे अचानक प्रधानमन्त्री



काेलम्बाे : श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् ।

 

यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ । मैत्रिपालाले आफ्नै विरोधीलाई आफ्नै सरकारमा महत्वपूर्ण पद दिँदै सबैलाई चकित पारिदिएको भनी अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।

 

पछिल्लो केही हप्तायता राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चल्दै आएको थियो । यही सन्दर्भमा राष्ट्रपति मैत्रिपालाले नयाँ प्रधानमन्त्रीको रुपमा राजपाक्षेलाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्