चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको मृत्यु



चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको मृत्यु भएको छ । मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मंसिर १२ गते उक्त गैंडालाई उद्धार टोली, हात्ती, पशु चिकित्सक र स्थानीय बासिन्दाले उद्धारगरी उपचार गरेका थिए ।

गर्धन, खुट्टामा चोट लागको तथा पछाडिको भाग पूर्णरुपमा अर्धचेत अवस्थामा भेटिएको अन्दाजी २० देखि २५ वर्षको भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा यस निकुञ्जमा १६ वटा गैंडाको मृत्यु भइसकेको छ त्यसमध्ये ४ वटा गैंडा सिकारीले मारेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्