परिचय फेर्दै संखुवासभा : सरकार उच्च तह सचिव पदमा ६ जना



संखुवासभा : निजमती कर्मचारी सेवाको सबैभन्दा माथिल्लो विशिष्ठ श्रेणीको सचिव पदमा संखुवासभामा जन्मिएका ६ जना पुगेका छन् । संखुवासभाको माटोमा जन्मिएका ६ जनाले अहिले सरकारका विभिन्न मन्त्रालयको नेतृत्व गरिरहेका छन् । 

कुनै बेला निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर र पाल्पासहितको वर्चस्व थियो । तर एकै विद्यालयमा पढेका विशिष्ट श्रेणीको नेतृत्वमा पुगेको यो पहिलो पटक नै हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लामो समय सचिव रहेर हाल प्रमुख निर्वाचन आयुक्त भएका दिनेश थपलिया, गृह मन्त्रालयका सचिव प्रेम कुमार राई, कानुन, न्याय तथा संसदीय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव ईश्वर नेपाल र ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे एकै विद्यालयमा पढेका हुन् । उनीहरुले सङ्खुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयमा पढेका थिए । 

नेपाल सरकारका वरिष्ठ सहसचिवत्रयको केही महिनाभित्रै हुने बढुवासँगै यो सङ्ख्या थपिनेछ । बढुवाको रोलक्रममा रहेका सहसचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा. सूर्य गौतम र महान्याधिवक्ताको कार्यालयका डा. टेकहादुर घिमिरे रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी कायममुकामय सचिव भइसकेका छन् ।

पछिल्लो पटक संखुवासभामा जन्मिएका सुरेश अधिकारीलाई सरकाले कायममुकामय सचिव (विशिष्ठ श्रेणी) पदमा बढुवा गरेसँगै कार्यरत सचिवको संख्या ६ पुगेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई सरकारले गत चैत ११ गते प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको छ । 

संखुवासभामा जन्मिएर हाल सरकारको विशिष्ठ श्रेणी सचिवमा पदमा कार्यरतमध्ये गृह सचिव प्रेमकुमार राई, महालेखापरीक्षकको कार्यालयको सचिव ईश्वर नेपाल, ऊर्जा सचिवमा दिनेशकुमार घिमिरे, महालेखा नियन्त्रकको कार्यालयको सचिवमा सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं सचिव र सुरेशकुमार अधिकारी प्रमुख सचिव, १ नम्बर प्रदेश रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्