तानसेन–बुटवल सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द



बुटवल : सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि पाँच दिनसम्म दिनमा दुई पटक गरी दैनिक ४ घण्टा बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १० बजेर ३० मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्