धरान र विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु



धरान : कोरोना संक्रमणका कारण धरानमा एक किशोरीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरी बर्दिवास–२ की २२ वर्षीया किशोरीको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

जनकपुरस्थित सिटी अस्पतालबाट रिफर भएकी महिलामा क्लाम्पेसियाको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । मंसिर २ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानमा हालसम्म १ सय १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारी नगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ती पुरुषमा पेट दुख्ने, वान्ता, ज्वरो तथा छाती दुख्ने समस्या रहेको दाहालले जानकारी दिए ।

मंसिर ४ गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गर्दा ५ गते पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार शुरु गरिएको दाहालले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध