ओरालो लाग्दै सुनको मूल्य



काठमाडौं : शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सयले घटेको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँले कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्