म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच घाइते



म्याग्दी : म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको ००१च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा भएको हो । दुर्घटनामा चालक खुमबहादुर कटुवालकी छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

चालकसहित घाइते पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको प्रहरी नायव उपरीक्ष किरणजंग कुवरले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेहरुको गाउँपालिकाको सवारीसाधन र ट्याक्सीमा ल्याउँदै गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्