दाङबाट ३६ जुवाडे पक्राउ



दाङ : दाङ प्रहरीले जिल्लाबाट ३६ जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता रामप्रसाद घर्तीले कार्तिक २ गते देखि ९ गते सम्ममा ५ स्थानबाट ३६ जना जुवाडेसहित ५ लाख २९ हजार रुपैयाँ नियन्त्रणमा लिइएको जानकारी दिए।

 

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट चाडपर्वलाई मध्यनजर गर्दै जुवाविरुद्दको अभियान चलाइएको थियो। 

 

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले दुई स्थानबाट १९ जना जुवाडे नियन्त्रणमा लिएको जसबाट तीन लाख दुई हजार ७ सय रुपैयाँ बरामत गरिएको छ भने र इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले ३ स्थानबाट १९ जनालाई नियन्त्रणमा लिँदै २ लाख २७ हजार ८५ रुपैयाँ बरामत गरेको छ। 

प्रतिक्रिया दिनुहोस्