इण्डियन प्रिमियर लिग : पन्जाबविरुद्ध सन्दीपले खेल्ने



काठमाडौं : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबसँग खेल्न लागेको हो। दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबविरुद्ध दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ।

पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई प्लेईङ– ११ सेटमा राखेको छ। सन्दीप पछिल्लो ३ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका थिएनन्।

सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन्। सन्दीपको टिम दिल्ली छैटौं जितको खोजीमा रहेको छ। दिल्लीले ९ खेलमा ५ जित निकालेको छ। १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्