आईपीएल : पन्जाबविरुद्ध सन्दीपले लिए विकेट



काठमाडौं : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा भइरहेको छ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा दिल्लीविरुद्ध पन्जाबले ब्याटिङ गरिरहेको छ। पन्जाबविरुद्ध नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने खेलिरहेका छन्। र सन्दीपले पहिलो ओभरमै विकेट लिन सफल भएका छन्। सन्दीपले केएल राहुललाई १२ रनमा आउट गरे।

 सन्दीपले पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट झार्न सफल भए। सन्दीप पछिल्लो ३ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका थिएनन्। सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्