थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्लामा ५ सय ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । संक्रमित हुनेमा २ सय ४४ महिला र ३ सय ४ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्