भारतबाट काठमाडौँ आएको बसमा बम बनाउने सामान



काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको यात्रु बसबाट ठूलो परिमाणमा बम बनाउने कच्चा पदार्थ बरामद भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नम्बरको बस सुरक्षाा जाँच गर्ने क्रममा बम र हतियार बनाउन प्रयोग हुने ठुलो परिमाणको सामाग्री बरामद भएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चेक जाँच गर्ने क्रममा हतियार बनाउन प्रयोग हुने डेटोनटरसहतिका सामाग्री फेला परेको हो । बम बनाउने सामान रहेको बसलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्