देशभरको मौसम सामान्यतया सफा : महाशाखा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ ।

देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । सोही कारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् ।

हाल देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभरकै मौसम सफा रहने छ ।

तराईका क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ ।

यसैगरी मंगलबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । साथै राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै बुधबार दिउँसो गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्