पाँच खेल बाँकी छँदै युभेन्टसले उचाल्याे सिरी ए



एजेन्सी : पाँच खेल बाँकी छँदै युभेन्टसले यस सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ। युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हराएकाे हाे। 

सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ। युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो। जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो। ३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो । बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन । 

घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । 

खेलको छैटौ मिनेटमा नै निकोला मिलेनकोभिकले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो । ३७औं मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफको सुरुमै आत्मघाती गोल भएपछि युभेन्टसले खेलमा २–१ को अग्रता बनायो ।

प्रतिक्रिया दिनुहोस्