बालिका हत्या प्रकरण : सुक्ष्म छानबिन शुरु



महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब साह खातुन हत्या र त्यसबाट भएको गोली काण्डबारे छानबिन शुरु भएको हो ।

बालिका हत्या आरोपमा पक्राउ परेकासँग आइतबार प्रहरीले प्रारम्भि बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी टिका केसीका अनुसार मृतक बालिकाको भेजिनाको स्वाब परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । बालिका हत्यामा पक्राउ परेका अभियुक्तसँग प्रारम्भिक बयान लिन शुरु गरिएको छ । मृतक बालिकाको पोस्टमार्टम रिर्पोट, अभियुक्तसँगको बयानले घटनाबारे थप कुरा खुल्ने उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरमा मृत बालिकाको शवको पोस्टमार्टम गरिएको थियो । अपहरण, शरिर बन्धक, जर्बजस्तीकरणी र कर्तव्य ज्यान गरि चार शीर्षकमा पीडित परिवारले अभियुक्त विरुद्ध प्रहरीमा शुक्रबार उजुरी दिएका थिए । घटनाको अनुसन्धान गर्न प्रहरीले अभियुक्त अरुण साहलाई अदालतमा पेश गरेर गत मंगलबार ८ दिनको म्याद लिएको थियो ।

मंसिर ७ गते बालिका वेपत्ता भएकी र त्यसको भोलिपल्ट बालिकाको शव बोरामा राखेर फलिएको अवस्थामा फेला परेको थियो ।

सोही घटनामा प्रहरीले महोत्तरीकै गौशादा नगरपालिका–५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको थियो । यता पीडित पक्षले बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सञ्जय न्यौपाने गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका थियो । त्यस अर्का घाइते श्याम कार्की काठमडौंमा उपचार भइरहेको छ। उसको अवस्था सुधारउन्मुख छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्