कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु



कैलाली : कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मंसिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि ती पुरुष अस्पतालमा भर्ना भएको थिए ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्