अछाममा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ जनाको घाइते



कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा बस दुर्घटना अछामकै साँफेबगर नगरपालिका–३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा घाइते भएका १७ जनाको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान प्रहरीको छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्