११ लाखको औषधि बरामद



झापा : प्रहरीले झापाबाट ११ लाख बराबरको औषधि बरामद गरेको छ । झापाको मेचिनगर नगरपालिका–१ दविगंजस्थित सीमा क्षेत्रबाट एपीएफ टोलीले करिब ११ लाख २४ हजार रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

आइतबार भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका–१ बगाहास्थित सेमरपानी क्षेत्रबाट आइतबा एपीएफ टोलीले करिब १ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय बेलहियामा बुझाएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मुल्य ३५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा वेश भैरमपुरबाट खटिएको एपीएफ टोलीले करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाइलका पार्ट्स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईलका पार्ट्स एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित धमौलीबाट बरामद गरेको हो । बरामद मोवाइलका पार्ट्स भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्