सामाजिक सञ्जालमार्फत धम्की दिई रकम असुल गर्ने दुई जना पक्राउ



इटहरी : सामाजिक सञ्जालमार्फत धम्की दिई रकम असुल गर्ने एक महिलासहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सितापुर ३ घर भई हाल इटहरी ६ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी इटहरी ४ बस्ने वर्ष २३ की मनिषा गिरी छन् ।

उनीहरुले बारा बस्ने महिलाको फेसबुक ह्याक गरी निजको फोटोहरु संकलन गरी सोही फोटोहरुलाई आधार बनाई रकम माग गर्ने र रकम नदिएमा फोटोहरु सार्वजनिक गर्ने धम्की दिने गरेको पाइएको सूचना अधिकृत एवं प्रहरी निरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालयबाट खटिए गएका प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्