जिप दुर्घटनामा डीअाईजीसहित तीनकाे मृत्यु



काभ्रे : मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

 

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्