आज पनि घट्यो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा सोमबार फेरी सुनको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको छ ।

आइतबार प्रतितोला ९० हजार २ सयमा कारोवार भएको तेजाबी सुन सोमबार प्रतितोला ६५० ले घटेको ८९ हजार ५५०मा कारोबार भइरहेको छ । यस्तै चाँदीसमेत प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोवार भएको चाँदी सोमबार प्रतितोला एक हजार १२० मा खरीदबिक्री भइरहेको छ ।

प्राकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्