कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो



विलमिङटन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्दैछन् ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेका देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन् । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उनीहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु

कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स,

काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । आज रिट

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन्

काठमाडौं : कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ