कैलालीको कटैनी नदीमा झोलुङ्गे पुलको शिलान्यास



धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ९ को कटैनी नदिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।

नगर प्रमुख भिम बहादुर देउवा र वडा अध्यक्ष हरि प्रसाद तिवारीले झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नगरपालिकाको ५५ लाख ७५ हजारको लागतमा झोलुङ्गे पुल बनाउन लागिएको हो ।

वर्षातको समयमा पुल निर्माणले स्थानीय बासिन्दालाई आवजावतमा सहजता हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष थिर प्रसाद न्यौपानेले बताए ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्