एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु, आधा घण्टामा रिपोर्ट आउने



काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ ।

एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो । पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्ख बासुदेव पाण्डेले जानकारी दिए ।

एन्टिजेन परीक्षण विधि नयाँ हो । परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनै पनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको २-३ दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ । काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा पहिलो र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ । एन्टिजेन परीक्षण आज महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा परीक्षण हुने छ ।

एन्टिजेन परीक्षणका लागि १७ हजार किट एनआरएन जापानले नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्