नक्कली नोट छाप्ने मेसिनसहित भारतीय नागरिक पक्राउ



कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बरेली घर भइ हाल भीमदत्त नगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका भारतीय नागरिक अनुप शर्मालाई प्रहरीले नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर र ल्यापटपसहित पक्राउ गरेको हो ।

नोट छाप्न प्रयोग गरिने प्रिन्टर एक थान, ल्यापटप एक थान, एक हजारका नेपाली नक्कली नोट तथा त्यसमा प्रयोग गरिने कागजहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्