६ क्विन्टल अलैची बरामद



वीरगंज : चितवनको नारायणघाटबाट काकडभिट्टाका लागि छुटेको बसमा ६ क्विन्टल अवैध अलैची बरामद भएको छ ।

बारा प्रहरीले एउटा बसबाट १२ लाख मूल्य बराबरको ६ सय किलो अलैची बरामद गरेको हो । प्रहरी चौकी पथलैयाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा चेक गर्दा बसको छतबाट २६ बोरा अलैची बरामद गरेकाे हाे ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्