अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड



सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाले अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।

सोमबार बिहान सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।

गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

मन्त्री रावल गाउँपालिकामा बन्न लागेको १५ शय्याको अस्पताल शिलान्यास गरेर सुर्खेत फर्किएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताए ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्