उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचन हिराचन निर्वाचित भएका हुन् ।

कुल ७२ मतमध्येमा ७१ मत खसेको थियो । जसमध्ये हिराचनले ४० मत ल्याउँदै कोषाध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याएका छन् ।

महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघको तयारी छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्