धनगढीमा भाटभटेनी सुपरस्टोरको शिलान्यास



धनगढी : कैलालीको धनगढीमा भाटभटेनीको २३ औं शाखा शिलान्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा आउँदो २०७८ फागुनमा सञ्चालनमा ल्याउने उद्देश्यले आज (सोमबार) भाटभटेनीको शाखा शिलान्यास गरिएको हो ।

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा ७ तले भनव निर्माण हुने छ । जसमा २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसीलगायतका क्याफेसहितका संरचना बन्ने छ ।

भाटभटेनीबाट त्यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङले दाबी गरे ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्