पोर्चुगल पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ



बुटवल : पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही जिल्लाका २ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै १६ लाख २५ हजार २५० आफ्नो खातामा जम्मा गर्न लगाइ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका– ६ घर भई हाल काठमाडौं–१६ सोह्रखुट्टे बस्ने वर्ष ३३ का शिव नारायण चौधरी रहेका छन् ।

चौधरीले राहदानी समेत दिई अफर लेटर र भिषा लगायतका कागजातहरु नक्कली बनाइ ठगी गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार दिउँसो काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि सोमबार परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्