कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार थप एकजना पक्राउ



काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ परेको छ ।

धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घलेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको स्वम्भुबाट पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको पाइएको छ ।

यसअघि घटनामा श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् । घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्