काठमाडौंको बुढानीलकण्ठमा एक पुरुषमाथि खुकुरी प्रहार



काठमाडौं : श्रीमतीसँग रक्सी खाएको भेटेपछि विष्णु तिवारीले एक जना पुरुषमाथि खुकुरी प्रहार गरेका छन् । काठमाडौंको बुढानीलकण्ठमा ३५ वर्षीय पुरुषमाथि खुकुरी प्रहार भएको हो ।

तिवारको खुकुरी प्रहारबाट सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि तामाङलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ ।

तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३ नयाँ चोक बस्ने ४८ वर्षीय तिवारी महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ । तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गरिरहेको छ ।

दुवै जना मजदुर रहेका र उनीहरुले मादक पदार्थ सेवन गरेका कारण घटना घटेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्