प्रहरी इन्चार्जमाथि भ्रष्टाचार मुद्दा दायर



काठमाडौं : बाँकेमा कार्यरत इन्चार्ज लुद्र बहादुर के.सीसहित २ जनामाथि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा बाँकेमा कार्यरत हवल्दार राजेश बहादुर द्वालले काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगदसहित नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा द्धाल, केसीले सेवाग्राहीबाट निजी आवादी जग्गाको कटान गरिसकेको आँप जातको रूखको काठलाई चिरान मिल र इट्टा भट्टामा लग्ने कार्यमा सहजीकरण गरि दिए वापत १३ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित : १५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्