सेनेगलका पूर्व मिडफिल्डर डिओपको निधन



काठमाडौं : सेनेगलका पूर्व मिडफिल्डर पापा बौबा डिओपको निधन भएको छ ।

प्रिमियर लिग क्लब फुलहमका पूर्व मिडफिल्डर समेत रहेका डिओपको ४२ वर्षको उमेरमा निधन भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुष्टि गरेको छ ।

डिओपले सन् २००२ को विश्वकप खेलेका थिए । उनले सन् २०१३ मा फुटबलबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्