रौतहट : जिल्लामा चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
रौतहट वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामलाई छिमेकी १९ वर्षीय रवि रामले चक्कु प्रहार गरेका हुन् ।
रविको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नन्दकिशोरको एपोलो अस्पताल चन्द्रपुरमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेको र नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो । त्यसको केहि बेरपछि रविले नन्दकिशोरको पेटमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहार गर्ने रविलाई प्रहरीले सोमबार राति नै नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : मंसिर १६, २०७७