काँग्रेसका वरिष्ठ नेता पौडेल मानुङकोटमा



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको मानुङकोट पुगेका छन् ।

पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा निकै चर्चामा आएको मानुङकोटमा मंगलबार बिहान गण्डकी प्रदेशका सांसद तथा यस क्षेत्रका जनप्रतिनिधिसहित नेता पौडेल त्यहाँ पुगेका हुन् ।

‘पहिले यहाँ रानाको दिन गए भन्थे, अहिले फर्कियो,’ पौडेलले भने । यो क्षेत्र राना मगर जातिको बक्लो उपस्थिति भएको ठाउँ हो ।

यस क्षेत्रमा व्यास परासर जोडेर गुरुयोगना बनाउन उनले यहाँका जनप्रतिनिधिलाई निर्देशन दिँदै आफूले पनि सहयोग गर्ने बताए ।

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो रहेको छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्योदयको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानुङकोट डाँडा पुग्छन् ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्