काठमाडौंको मैतीदेवीबाट सालको खपटासहित दुई जना पक्राउ



काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा २ ज ६५७ नम्बरको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेका सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिवललाका २७ वर्षीय नवराज मिजार रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्