सानिमा बैंकको निःशुल्क क्रेडिक कार्ड योजना



काठमाडौं : ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारासहित सानिमा बैंकले निःशुल्क क्रेडिक कार्ड योजनाको सुरुवात गरेको छ ।

आफ्ना ग्राहकका लागि बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजनाको सुरुवात गरेको हो । यो योजना मंसिर १५ गतेदेखि मंसिर २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकका लागि लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकका अनुसार अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिने छ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउने बैंकले उल्लेख गरेको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् । यसका साथै बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्