
सर्लाही : छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मुज्जफरपुर घर भएका ३५ वर्षीय पुरुष रहेका छन् ।
सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषले छोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए ।
ती पुरुषले करिब एक महिनाअघि छोरीलाई घरबाहिर लगी बलात्कार गरेको परिवारले बताएका छन् । त्यसपछि यही मंसिर १२ गते राति पुनः छोरीलाई बलात्कार गरेपछि श्रीमतीले नै श्रीमानविरुछ प्रहरीमा उ जुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको छ ।
पक्राउ परेका बाबुलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
प्रकाशित : मंसिर १६, २०७७