धवलागिरि अस्पतालको आइसियूमा जनशक्ति अभाव



बागलुङ : धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आइसियू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन ।

अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आइसियूमा खटिनुपरेको छ । आइसियू हेर्ने चिकित्सक÷नर्सलाई आइसोलेसनकक्षकोसमेत जिम्मेवारी छ । तीन श्य्याको आइसियूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् । “अहिले जम्मा पाँच/छ जना नर्स हुनुहुन्छ, आइसोलेशन र आइसियू दुवैतिर उहाँहरु नै खटिनुपरेको छ”, उनले भने । तीन चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले यसभन्दा बढी कार्यबोझ उठाउनुपर्ने अवस्था छ । गम्भीर लक्षणसहितका सङ्क्रमित बढ्ने र धेरैलाई आइसियू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ ।

“पहिलेदेखि नै दरबन्दीअनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “आइसियूका लागि विशेषज्ञसहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौँ ।” उनले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइसियूका लागि जनशक्ति माग गरिएको बताए ।

आइसियू सेवाका लागि करारमा पाँच नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले रु पाँचलाख उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उनको भनाइ छ । आइसियूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आइसियूका लागि थप जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रुपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले तत्काललाई जनशक्तिकै कारण आइसियू सेवा प्रभावित हुने अवस्था नरहेपनि क्षमता भने बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । “हाम्रो आइसियूमा बिरामीको ठूलो चाप पनि छैन । सधँै यही अवस्था नरहन सक्छ, हामीले जनशक्ति र उपकरण थप्नैपर्छ”, उनले भने ।

सदस्य शर्माले चिकित्सकको ‘टिम’ बनाएर आइसियूमा खटाइको र थप नर्स र सहयोगी राख्न सकेमा सेवा थप सहज हुने बताए । उनले आइसोलेसनकक्षमा भने जनशक्ति व्यस्थापनमा केही जटिलता देखिएको र सुदृढ व्यवस्थापनसँगै स्तरीय उपचार सेवाका लागि समिति क्रियाशिल रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध